नेभिगेशन
अन्य

राजधानीमा वाइसिएलको भाटा सहितको जुलुस

काठमाडौ । फागुन–१६ मा राजधानीमा बिरोधसभाको तयारी थालेको एमाओवादीले मंगलबार काठमाडौंमा युवा मार्च पास गरेको छ । विपक्षी ३० दलीय मोर्चाले राजधानी केन्द्रित शक्ति प्रदर्शन गर्ने तयारी गरेको बेला वाईसीएलले प्रदर्शन गरेको हो । ‘हामी सशक्त हिसाले आउँदैछौं भन्ने संकेत दिन युवा मार्चपास गरिएको हो,’ वाईसीएल अध्यक्ष गणेशमान पुनले भने–‘यो,१६ गते कार्यक्रमको तयारी पनि हो ।’ उनले मुलुकका सबै शहरी क्षेत्रमा मार्च पास गरिएको बताए । वाईसीएल स्वंय सेवक लेखिएको रातो टोपी र हातमा लठी लिएका युवाहरुले सहरमा मार्च पास गरेका हुन् । भृकुटीमण्डपबाट सुरु भएको युवा मार्चपास शहीदगेट, सुन्धरा, जमल, दरवारमार्ग हुँदै पुनः भृकुटीमण्डपमै आएर टुङ्गएिको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै