नेभिगेशन
अन्य

संवैधानिक परिषद्को बैठक निष्कर्षबिवहिन

काठमाडौं । संवैधानिक परिषद्‌को मंगलबार बिहान बसेको बैठक लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरु नियुक्त गर्ने बिषयमा सहमति नगरी बैठक सकिएको छ। नेकपा एमाओवादीले लोकसेवा आयोगमा पहिलाकै प्रमुख आयुक्त कयोदेवी यमीलाई निरन्तरता दिन प्रस्ताव राखेपछि बैठकमा सहमति हुन सकेन। बैठकमा प्रतिपक्षी नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जसरी पहिला निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतिलाई निरन्तरता दिइएको थियो त्यसै गरी यमीलाई निरन्तरता दिन प्रस्ताव गरेका थिए। तर संवैधानिक परिषद‌‌का अन्य सदस्यहरुले यसमा सहमति जनाएनन्। सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्ड र प्रधानमन्त्रीका बीच मङ्गलबार बस्ने संवैधानिक परिषद्को बैठकको विषयमा छलफल भएको थियो। यसअघि फागुन १ गते बसेको बैठकले लोक सेवा आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको विषयलाई आज बस्ने परिषद्को बैठकबाट टुङ्गो लगाउने निर्णय गरेको थियो। लोकसेवा आयोगका आयुक्तका विषयमा सहमति हुन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेका आयुक्तहरुको नियुक्ति पनि रोकिएको छ। बैठकमा दुवै आयोगमा प्याकेजमै सहमति गर्ने भन्दै बैठक सकिएको थियो। बैठक बिहीबार साँझ पुनः बस्ने भएको छ।सभामुख सुवासचन्द्र नेम्बाङले आयुक्त नियुक्तिमा सर्वसम्मत नभए ऐन बमोजिम नियुक्ति गरिने बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै