नेभिगेशन
अन्य

एक वर्षमा २२४ नेपाली विद्यार्थी अष्ट्रेलियाबाट फर्काइए

सिड्नी । अष्ट्रेलियाले पछिल्लो एक वर्षमा २ सय २४ नेपाली विद्यार्थीको भिसा रद्ध गर्दै नेपाल फिर्ता पठाइदिएको छ । सस्तो कलेजको खोजी गर्दै पटक/पटक कोर्स परिर्वतन गरेको अभियोगमा त्यहाँको अध्यागमन बिभागले उनीहरुको बिद्यार्थी भिसा खारेज गर्दै नेपाल फिर्ता पठाइदिएको हो । आर्थिक बर्ष सन् २०१३/१४ को अबधिमा मात्रै २२४ नेपालीलाई नेपाल फिर्ता पठाइएको अध्यागमन बिभागका प्रवक्ताले जानकारी दिए । यो अबधिमा ६५९ भारतीयलाई यसैगरि फर्काइएको अष्ट्रेलियाबाट प्रकाशित अनलाइन साउथएशिया डटकम डटएयुलाई बताए । स्ट्रीमलाइन भिसा प्रोसेसिङ अन्र्तगत अष्ट्रेलिया पुग्ने र त्यहाँ पुगेपछि मान्यताप्राप्त नगरेका सस्ता कलेज र कोर्समा ट्रान्सफर हुने प्रबृत्ति देखिएको छ । यसरी कोर्स र कलेज परिवर्तन गर्नु भिसा कानुनको बिपरित हुने भएकाले उनीहरुको बिद्यार्थी भिसा रद्द गरिएको उनले जानकारी दिए । बिभागले यसलाई ‘कोर्स होपिङ’ प्रबृत्ति भनेको छ । अध्यागनको यो रणनीतिबाट अन्य सयौं नेपाली बिद्याार्थी प्रभावित हुने देखिन्छ । खासगरि अष्ट्रेलियामा स्थायी बसोबास अनुमति प्राप्त हुने कोर्सको सूची बदलिइरहने हुनाले बिद्यार्थीले पनि सोहीअनुसार पीआर दिने कोर्समा ट्रान्सफर हुने प्रबृत्ति बढ्दो छ । सन् २०१३/१४ मा १० हजार ६ सय ५१ जना नेपाली बिद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया पुगेको त्यहाँको अध्यागमन बिभागले जनाएको छ । भिसा रद्द गर्नुअघि त्यस्ता बिद्यार्थीलाई चेतावनी दिँदै रद्द गर्नु नपर्नाको कारण पेश गर्ने समेत समय दिइएको बिभागले जनाएको छ । कोर्स होपिङ प्रबृत्तिमा नेपाल, भारत, चीन र भियतनामका बिद्यार्थी अगाडी देखिएका छन् । अष्ट्रेलियाले सन् २०१२ मा १०५८७ जना र २०१३ मा ८९३० जना बिदेशी बिद्यार्थीलाई बिभिन्न अभियोगमा भिसा रद्द गरी सम्बन्धित मुलुकमा फिर्ता पठाइदिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।