नेभिगेशन
अन्य

जबरजस्ती चन्दा उठाउने संयुक्त जातीय मुक्ति मोर्चाका नेता पक्राउ

भक्तपुर । भक्तपुरबाट जबरजस्ती चन्दा संकलन गर्ने संयुक्त जातीय मुक्ति मोर्चाका केन्द्रीय सदस्य पक्राउ परेका छन् । डरधम्की देखाएर जबरजस्ती चन्दा संकलन गर्दै हिँडेको अवस्थामा महानगरीय प्रहरी वृत्त थिमिले मोर्चाका केन्द्रीय सदस्य सिन्धुपाल्चोकका २२ वर्षीय युवराज लामा भन्ने फिरोज तामाङलाई पक्राउ गरेको हो । प्रहरी वृत्त थिमिमा मगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनको पक्राउ बारे जानकारी दिदै प्रहरी नायव उपरीक्षक भीमकिरण बोगटीले चन्दाका लागि प्रयोग भएका बिभिन्न सामाग्री सहित तामाङलाई पक्राउ गरिएको बताए । तामाङले आइतबार राती झण्डै साँढे ३० बजे मध्यपुरथिमि नगरपालिका ३ बोडे बस्ने कुमारी लामाको घरमा गई डरधम्की दिई ७० हजार रुपैया जबरजस्ती चन्दा माग्दा दुबैबीच विवाद चर्किएको खबर आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जबरजस्ती चन्दा मागेर धम्क्याई रहेको थाहा पाएपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । तामाङको साथबाट मोर्चाको केन्द्रीय समितिका नाममा चन्दा रसिद, बिभिन्न ठाउँमा चन्दा माग्नका लागि तयारी अबस्थामा राखेको पत्र, ईन्चार्ज रवि लेखिएको करिब ५० हजार थान पोष्टर, पर्चा, पम्प्लेट, स्ट्याम्प प्याड लगायतका सामाग्रीहरु बरामद भएको प्रहरी नायव उपरीक्षक बोगटीले जानकारी दिए । अनुसन्धानका क्रममा ईन्चार्ज रबि पनि तामाङ आफैं भएको खुल्न आएको जानकारी दिदै उनले सोमबार चन्दा ऐन अन्तर्गत मुद्दा चलाई म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्