नेभिगेशन
अन्य

सिमरा जारी आन्दोलन रोकियो

विरगंज । सिमरामा मालपोत र नापी कार्यालयको सेवा केन्द्रको स्थापना हुनुपर्ने माग गर्दै जारी आन्दोलन स्थागित भएको छ । सिमरा मालपोत स्थापना सरोकार समितिले आन्दोलन स्थगित भएको घोषणा गरेको हो । आन्दोलन रोकिएको जानकारी भएपछि राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । समितिको नेतृत्वमा हुँदै आएको आन्दोलन मंगलबार बिहान १० बजेदेखि स्थगीत भएको हो । आफ्ना मागहरू वार्ताको माध्यमबाट सरकारबाट सम्बोधन गरिने आश्वासन आएकोले धनजनको क्षति हुन सक्ने सम्भावनालाई ख्याल गर्दै आम हड्तालसँगै चक्काजाम लगायतका कार्यक्रमहरु स्थगित गरिएको समितिले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । मंगलवार नै वार्ता टोलीसँगै प्रधानमन्त्री कार्यालयमा डेलिगेशन जाने निर्णय समेत गरिएको समितिका एक पदाधिकारीले जनाए । सिमरा बजार र विद्यालय तथा आसपासका उधोगहरु समेत खुल्न थालेका छन् । सोमबार स्थानीय प्रशासनको दमनकारी नीति अख्तियार गर्नुले पनि आन्दोलनको निरन्तरताबाट अवस्था हिंसात्मक भइरहेको अवस्थालाई ख्याल गर्दै आन्दोलनको स्वरुप फेरेको समितिका सदस्य कृष्ण पौडेलले बताए। अब आन्तरिक दबाब र वार्ताबाट माग पूरा गराउने संघर्ष गर्ने उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै