नेभिगेशन
अन्य

५० हजार घुससहित वन अघिकृत रंगेहात पक्राऊ

बाग्लुङ । जिल्ला बन अधिकृत बाग्लुङका अधिकृत र सहायक बन अधिकृत घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । काठमाडौंबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई घुस लिँदालिँदै रंगेहात पक्रेको हो । स्थानिय फर्निचन व्यवसायीहरुसंग घुस लिदा लिदै जिल्ला वन बाग्लुङका अधिकृत सरोजकुमार पाण्डे र इलाका बन कार्यालय बाग्लुङका सहायक वन अधिकृत टिकाराम पन्त पक्राउ परेका हुन् । उनीहरुले फर्निचर व्यवसायीबाट जनही २५ हजार घुस लिएका थिए । सोमबार राति बाग्लुङको एक होटलमा घुस लेनदेन हुन लागेको सूचनाको आधारमा काठमाडौंबाट अख्तियारको टोली परिचालित भएको थियो । गोप्य सूचनाको आधारमा परिचालित टोलीले दुबैजनालाई सेवाग्राहीबाट लिएको घुस सहित पक्रेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंका प्रहरी निरीक्षक पुष्पराज मल्लले जानकारी दिए । अख्तियारले छापा मार्दा दुवैजना मदिरा सेवन गरेको अवस्थामा फेला परेका थिए । रंगेहात पक्राउ परेका दुवैजनालाई पत्रकारको रोहवरमा खानतलासी गरिएको थियो । पन्तले भने आफू निर्दोष रहेको र आफूसँगै रहेका बाग्लुङका यमप्रसाद रिजालले रकम राखिदिन भनेकाले राखेको बयान दिएका छन् । अख्तियार टोलीले रिजाललाई पनि नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...