नेभिगेशन
अन्य

सिमरामा भइरहेको आन्दोलनमा एमाओवादीको ऐक्यवद्धता

काठमाडौं । एमाओवादीले सेवा केन्द्रको माग राख्दै सिमरामा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले आज एक विज्ञप्ती जारी गर्दै बाराको सिमरा भइरहेको आन्दोलनमा एमाओवादीको एंक्यबद्धता जनाएका हुन् । बिज्ञप्तीमा बाराको सिमरा र आसपासका क्षेत्रहरुमा सरकारले जनताको प्रतिरोधमा गरेको बर्बर दमनको घोर निन्दा एवम् भत्र्सना गरेको जनाएका छन् । शर्मामा आन्दोलनमाथि दमन गरेर सरकारले सिमरामा स्वेत आतंक मच्चाएको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ–‘सरकारले खारेज गरेको निर्णयको विरुद्धमा जनताको प्रतिरोधमा जनताका घरघरमा पसेर आक्रमण गर्ने र सञ्चार माध्यमा पसेर सञ्चार उपकरण तोडफोड गर्ने सम्मको स्वेत आतंकप्रति आपत्ति प्रकट गर्दछ ।’ सरकारले देशभरी हरेक निर्वाचन क्षेत्रमा एक सेवा केन्द्र बनाई लागू गरेमा सन्तुलित र परिपक्क निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विगत ९ दिनदेखिको जनताको प्रतिरोधप्रति ऐक्यवद्धता जनाउँदै प्रशासनलाई विवेकका साथ काम गर्न आग्रह पनि गर्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...