नेभिगेशन
अन्य

रेडपान्डासहित दुईजना पक्राउ

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले मरेको रेडपान्डासहित दुईजनालाई पक्राउ गरेको छ । सदरमुकामदेखि करिब आठ किलोमिटर दूरीमा रहेको प्रहरी चौकी हाकुले सदरमुकामबाट नाग्मातिर जाँदै गरेको बसमा हिजो जाँच गर्ने क्रममा मरेको रेडपान्डासहित दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ हुनेमा मालिकाठाटा गाविस–४ का ४० वर्षीय सार्की बोहोरा र दैलेख घर भई हाल जुम्ला चन्दननाथ नगरपालिका–७ मा कवाडी पसल गर्दै आएका ४६ वर्षीय रतबहादुर शाही रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि शंका लागेर झोला खानतलासी गर्दा मरेको रेडपान्डा भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला वन कार्यालय जुम्लामा बुझाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...