नेभिगेशन
अन्य

थाई प्रेमीका नलिई नेपाल फर्कन पारस राजी भएपछि हिमानी र पारसको सम्बन्ध सुध्रियो

काठमाडौं । पूर्वयुवराज पारस शाह थाई प्रेमिकालाई नलिई स्वदेश फर्किन राजी भएका छन् । फागुन पहिलो साता पूर्वयुवराज्ञी हिमानी शाहले जेलमै भेटेपछि पारसलाई स्वदेश फर्काउने तयारी पनि भएको छ । २९ माघमा थाइल्यान्ड गएकी हिमानी ६ फागुनमा फर्केकी हुन् । उनले थाइल्यान्डको उदुकखानीस्थित जेलमै पारसलाई भेटेकी थिइन् । भेटपछि पारस थाई प्रेमिका कन्निका चाइसानलाई नलिई स्वदेश फर्कन राजी भएको हिमानीले परिवारका सदस्यलाई बताएकी छिन् । पारस गत दसैंमा थाई प्रेमिकासहित स्वदेश आउन लागेका थिए, तर श्रीमती हिमानी र बुबा ज्ञानेन्द्रले रोकेका थिए । पछि उनी गाँजासहित पक्राउ परेर र जेलजीवन बिताइरहेका छन् । उनी जेलबाट छुट्ने बित्तिकै नेपाल फर्काउने तयारी भएको छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै