नेभिगेशन
अन्य

बालुवाटारमा प्रधानमन्त्री र एमाओवदी अध्यक्षबीच ३६ मिनेट वार्ता

काठमाडौं । राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार राति कुराकानी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा दाहालले वार्ताका लागि कोइरालाले गरेको प्रयास सकारात्मक भएको बताए । कान्तिपुर दैनिकमा समाचार छ । उनले प्रधानमन्त्रीले लिखित रुपमा दुई पटक बिपक्षीलाई वार्ताका लागि गरेको आग्रह सकरात्मक भएको उल्लेख गर्दै शिर्ष तहमा औपचारिक वार्ताको वातावरण बनाउन आग्रह गरे । ‘तपाईले वार्ताका लागि गरेका प्रयास सकमरात्मक छ, यसले वार्ताको वातावरण बनाउँदै लगेको छु दाहालको भनाइ थियो, ‘संविधानसभामा बहुमतीय प्रक्रिया रोक्ने हो भने वार्ताका लागि हामी जतिबेला पनि तयार छौ ।’ दाहालका स्वकीय सचिब चूडामणि खडकाका अनुसार कोइरालाले वार्ताको वातावरण बनाउन आफू तयार भएको बताएका थिए । कोइराला र दाहालबीच एक्लाएक्लै कुराकानी भएको यो दोस्रो पटक हो । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने सन्दर्भमा दुई नेताबीच राजनीतिक छलफल पनि भएको हो । दाहालले बिपक्षीको पहिलो चरणको आन्दोलन समापन भएलगत्तै ठोस वार्ता हुनुपर्ने बताएका थिए । बिपक्षीले फागुन १६ गते पहिलो चरणको आन्दोलन समापन गर्ने कार्यक्रम छ । दुई नेताबीच करिब ३६ मिनेट भएको कुराकानीमा दोस्रो तहका नेताले सहमतिका लागि गरेको प्रयासबारे पनि कुराकानी भएको थियो । माघ ५ को बिन्दुबाट छलफल गरी अघि बढा सहमति हुने संभावना रहेको दुई नेताको बुझाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै