नेभिगेशन
अन्य

बागी र बागीका प्रस्तावक सर्मथक बाहेकको कारवाही फुकुवा

काठमाडौं । नेपाली कांग्रेसले गत संविधानसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध विद्रोह गरी बागी उम्मेदवारी दिने व्यक्ति सहित उनीहरुको प्रस्तावक र समर्थक बाहेक सबै कार्यकर्ता विरुद्ध लागेको अनुशासनको कारबाही फुकुवा गरेको छ। पार्टीको १३ औं महाधिवेशनका लागि सक्रिय सदस्यता नविकरण गर्ने समय सकिनु केही अघि सोमबार बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले अनुशासन समितिले दिएको कारबाहीको सिफारिस उपर निर्णय गर्दै यस्तो निर्णय गरेको हो। गत निर्वाचनमा पार्टी उम्मेदवार विरुद्ध विद्रोह गरी उम्मेदवारी दिने, उनीहरुको उम्मेदवारीमा प्रस्तावक र समर्थक बस्ने, बाहेक आधिकारिक उम्मेदवारको विरुद्धमा मत माग्ने र मत खसाल्ने करिब १ सय ८० भन्दा बढी पार्टी नेतादेखि कार्यकर्तासम्मलाई कसुरको मात्रा हेरी कारबाही गर्न अनुशासन समितिले सिफारिस गरेको थियो। समितिको प्रतिवेदनमाथि छलफल र निर्णय गर्न केन्द्रीय समिति बैठक बस्न नसक्दा अनुशासन समितिको प्रतिवेदन अलपत्र अवस्थामा रहेको थियो। सोमबारको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएको कारण बुधबार बिहान पुन बस्ने गरी बैठक स्थगित भएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै