नेभिगेशन
अन्य

एमाले युवासंघ फुटको संघारमा

काठमाडौं । एमाले युवा संघ फुट नजिक पुगेको छ । संस्थापन समूहले केन्द्रीय कमिटी बैठक बोलाएकै दिन उपाध्यक्ष दिलु पन्त नेतृत्वको असन्तुष्ट समूहले अलग्गै बैठक बोलाएको छ । पन्त समूहले नयाँ बानेश्वरको अर्याल होटलमा बैठक बोलाएर समानान्तर केन्द्रीय कमिटी घोषणाको तयारी गरेको छ । संस्थापन समूहले अल्फाबिटा कम्प्लेक्समा केन्द्रीय कमिटी बैठक बोलाएको प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई आमन्त्रण गरिएको छ, कटवालले भने, ‘चित्त नबुझेको कुरा राख्न बैठकको फ्लोर ओपन छ । कटवालले स्थायी कमिटीको निर्णयमा चित्त नबुझे सच्याउन सकिने धारणा राखे । मूल नेतृत्वले असन्तुष्टि भए सच्याउने भनेको अवस्थामा अलग्गै समानान्तर कमिटी बनाएर संगठन ध्वस्त पार्ने षड्यन्त्र भएको उनले बताए । पन्त समूहले संस्थापन समूहले एकलौटी जिम्मेवारी बाँडफाँड गरेको भन्दै असन्तुष्टि जनाएको छ । यसअघिको बैठकले कार्यवाहक अध्यक्ष निरु पाललाई अध्यक्ष बनाउँदै संस्थापन समूहका नेताहरुलाई बढुवा गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्