नेभिगेशन
अन्य

फागुन १६ गते माआवादीको बेहालत हुन्छः रिजाल

सोलुखुम्बु । सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आन्दोलनको घुर्की लाउँदै हिडेको विपक्षिको फागुन १६ गते बेहाल हुने बताएका छन् । सहमतिको लागि सवाद गर्न छोडेर हिँडेका एमाओवादीहरुको पक्षमा जनता नरहेको भन्दै फागुन १६ को आन्दोलनको उपस्थितिले विपक्षीलाई नै अप्ठ्यारो पार्ने बताएका हुन् । सोमबार रिपोर्टर्स क्लब नेपालले सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कारमा संचारमन्त्री रिजालले विपक्षीसँग कुनै पनि हालतमा शसर्त वार्ता नगर्ने भन्दै निशर्त वार्तामा आए लचकदार रुपमा प्रस्तुत हुन सत्ता पक्ष तयार रहेको बताए । वास्तविक आन्दोलन गर्न माओवादीको सामथ्र्य नरहेको भन्दै विपक्षीहरु घुँडा टेकेर प्रकृयामा आउने मन्त्री रिजालको भनाइ छ । पत्रकारहरुको एक जिज्ञाशामा मन्त्री रिजालले एमाओवादीलाई धेरै नकुर्ने भन्दै प्रकृया मै गएर भएपनि ४–५ महिना भित्र मुलुकलाई लोकतान्त्रिक संविधान दिने ठोकुवा गरे । माओवादी सहमतिमा आएको खण्डमा २ महिनाभित्रै सहमतीय संविधान आउने र त्यसो हुन नसके ५ महिनाभित्रै जुनसुकै हालतमा संविधान जारी गर्ने उनको दावी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...