नेभिगेशन
अन्य

नेपाल टेलिभिजनका हस्य सिरियल भद्रगोल र जिरे खुर्सानी बन्द

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका दुई चर्चित हाँस्य टेलिश्रृखंला जिरे खुर्सानी र भद्रगोल बन्द भएका छन्। यी श्रृखंलाहरुको प्रायोजन र विज्ञापन जुटाउँदै आएको वल्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ बैङ्कमा विभिन्न टेलिभिजन कार्यक्रमका लागि राखेको पाँच करोड ८६ लाख बराबरको धितो रकम नक्कली सावित भएपछि यी कार्यक्रमको प्रसारण बन्द भएको हो। यसै प्रकरणका कारण वल्ड भिजनका मालिक दिनेश श्रेष्ठ हनुमान ढोकामा थुनामा छन्। यसै काण्ड संलग्न भएको देखिएकाले नेपाल टेलिभिजन व्यापार महाशाखा प्रवन्धक पवन माण्डव्य र आर्थिक महाशाखा प्रमुख राजन श्रेष्ठ नेपाल टेलिभिजनबाट पन्ध्र दिनका लागि निलम्बन परेका छन्। महाशाखा प्रवन्धक र आर्थिक महाशाखा प्रमुखको मिलेमतोमा वल्ड भिजनको हिसाब किताब टेलिभिजनसँग समयमै फर्स्यौट हुन सकेको छैन। गत साउनमा नेपाल टेलिभिजनबाट प्रशारण हुने चार वटै हाँस्य व्यङ्ग्य कार्यक्रमको ठेक्का आफ्नो भागमा पारेको वल्ड भिजनले पछि कम रकम पर्ने जिरे खुर्सानी र भद्रगोल आफूसँग राखेर ‘तितो सत्य र मेरी बास्सै मिडिया हबलाई बेचेको थियो। त्यसै गरी वल्ड भिजनले नै चलाइरहेको फिल्म सम्बन्धी कार्यक्रममा पनि रोकिएको छ। जिरे खुर्सानी नेपाल टेलिभिजनमा लामो समयदेखि प्रशारण हुँदै आएको छ भने भद्रगोल पछिल्लो समय चर्चामा रहेको छ। यी कार्यक्रम नियमित प्रसारण कहिलेदेखि हुन्छ भन्नेमा केही टुगों लागेको छैन। जिरे खुर्सानी टोली हाल नेपाल बाहिर रहेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै