नेभिगेशन
अन्य

सत्तारुढ दलका स्थानिय नेताहरुद्धारा ओखरपौवामा फोहोर फ्याँक्न अवरोध

त्रिशूली । राजधानी काठमाडौँको फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको ओखरपौवा–४ सिसडोलमा स्थानीय राजनीतिक दलहरुको अगुवाइमा फोहोर फ्याँक्न अवरोध गरिएको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) लगायतका स्थानीय राजनीतिक दलहरुको सरोकार समितिले सोमवार बिहानबाट फोहोर फाल्न अवरोध गरेको हो । बिहानैबाट दलहरुको नेतृत्वमा सिसडोलमा फोहोर फ्याँक्न अवरोध गरी राजधानीबाट फोहोर बोकेर आएका गाडीहरुलाई राजधानी नै फिर्ता पठाइएको स्थानीय महालक्ष्मी क्लबका अध्यक्ष समीर बलामीले जानकारी दिए । ओखरपौवामा दैनिक साना ठूला १ सय ५६ वटा गाडीबाट फोहोर ल्याउने गरिन्छ । राजनीतिक दलका स्थानीय नेताहरुले पाँच सूत्रीय माग राखी फोहोर फाल्न अवरोध गरेका हुन् । अवरोधकर्ताहरुले ओखरपौवा र धादिङको छत्रेदेउराली गाविसको विकास निर्माणका लागि काठमाडौँ महानगरपालिकाले वार्षिक एक करोड रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएकामा अब अनुदानलाई बढाएर वार्षिक दुई करोड बनाउनुपर्ने, सिसडोलको डम्पिङ साइट बन्द गरी एक किलोमिटर तल रहेको बञ्चरेमा डम्पिङसाइट बनाउनुपर्ने, विगतमा सरकारका मुख्यसचिवसँग ओखरपौवाको दुई माविलाई उच्चमावि बनाउने र ग्रामीण बाटोको कालोपत्रे गरिदिने भनी भएको सहमतिलाई तत्काल कार्यान्वयन गराउनुपर्ने, अर्जुन न्यौपाने संयोजक र जितबहादुर बलामी सहसंयोजक रहेको स्थानीय दलका प्रतिनिधिको समितिलाई फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दिनुपर्ने, डम्पिङसाइटवरपरका जग्गाको अधिग्रहण गर्नुपर्नेलगायत माग राखेका छन् । तीन वर्षका लागि सिसडोलमा फोहोर फाल्ने भनिएकामा सात वर्ष बित्दा पनि बञ्चरेमा सार्न चासो नदिएको र अनुदान पनि धेरै वर्ष बितिसके पनि काठमाडौँ महानगरपालिकाले बढाउन नमानेकोले आन्दोलन गर्न परेको नेकपा (एमाले)का स्थानीय नेता जितबहादुर बलामीले बताए । यसअघि काठमाडौँ महानगरपालिकाले सिसडोलभन्दा एक किलोमिटर तल बञ्चरेमा बिसौँ वर्षसम्म फोहोर फाल्न सकिने भन्दै सिसडोललाई तीन वर्षमा बन्द गरी बञ्चरेमा फाल्ने योजना बनाएको भए पनि अझै कार्यान्वयन नभएको स्थानीयवासीको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै