नेभिगेशन
अन्य

दिनहुँ झडप हुन थालेपनि सिमरामा कर्फ्यु

बारा । सेवाकेन्द्र विस्तारको विवादले दिनहुँ प्रदर्शन र झडप हुन थालेपछि स्थानीय प्रशासनले बाराको सिमरा आसपासका क्षेत्रमा कफर््यु जारी गरेको छ । पूर्वपश्चिम राजमार्गको धनसार खोला पुलदेखि पथलैया हुँदै उत्तरी सिमा चुरीयामाईसम्मको सडकखण्डको दायाँ बायाँ २ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । यसैगरी त्रिभुवन राजपथको पथलैयादेखि ज्योति फारामसम्मको सडकखण्डको दायाँबायाँ दुई सय मिटर क्षेत्रमा पनि जुलस, भीड वा पाँच जना भन्दा धेरैलाई एकैठाउँमा जम्मा हुन रोक लगाइएको छ । आज विहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै प्रकारको राजनीतिक, साँस्कृतिक कार्यक्रम गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो । बारा सदरमुकाम कलैयाका मालपोत र नापी कार्यालयलाई सिमरामा पनि बिस्तार गर्ने निर्णय सरकारले फिर्ता लिएको विरोधमा दिनहुँ प्रदर्शन र झडप हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । विरोध प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा हिजो दिनभर सिमरा तनावग्रस्त भएको थियो । झडपमा प्रहरी र प्रदर्शनकारी गरी २० जना भन्दा धेरै घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...