नेभिगेशन
अन्य

चार किलो चरेससहित भारतीय युवक पक्राउ

भीमदत्तनगर । प्रहरीले चार बिलो चरेससहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान ब्यूरो र बेलौरी इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले भारतीय नागरिकलाई कञ्चनपुरबाट पक्राउ गरेको हो । गएराती प्रहरीको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–३ राना चौराहबाट भारतको पिलिभितका २४ वर्षीय राजकुमार गिरीलाई चरेससहित नियन्त्रणमा लिएको बताइएको छ । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोलीका संयोजक प्रहरी नायब उपरीक्षक वीरेन्द्र जोहारीका अनुसार नियन्त्रणमा लिएका अभियुक्त गिरीलाई नेपालमा चरेस खरिद गरी भारत लगिरहेको अवस्थामा पक्राउ परेका हुन् । गिरीसँगै भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । चरेससहित सोमबार जिल्ला प्रहरी कार्यालयलाई बुझाइने संयोजक जोहारीले बताए । सोही क्षेत्रबाट अनुसन्धान टोलीले केही साताअघि भारतीय नागरिकलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...