नेभिगेशन
अन्य

सिमराबासीद्धारा प्रहरी बिटमा आगजनी

बारा । प्रहरी र स्थानीयबासीवीच झडपका कारण आज बिहानैदेखि बाराको सिमरा बजारमा तनाव सृजना भएको छ । स्थानीयवासीले भुमिसुधार, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै निकालेको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेपछि सिमरा वजारमा तनाव देखिएको हो । आम हड्तालमा उत्रिएका स्थानीय र प्रहरीवीच आइतबार बिहानैबाट सिमरामा झडप भइरहेको छ । प्रहरीले बिहानै आन्दोलनकारीलाई तितर–वितर पार्न दुई दर्जन बढी अश्रुग्याँस प्रहार गरेको छ । सिमरामा भुमिसुधार नापि र मालपोत कार्यालयको एकीकृत सेवा केन्द्र स्थापना गर्ने सरकारले निर्णय गरेपनि सदरमुकाम कलैबासीको बिरोधपछि सो निर्णय फिर्ता लिएको थियो । सरकारले सो निर्णय फिर्ता लिएपछि सिमराबासी आन्दोलनमा उत्रिएका छन् । आक्रोशित आन्दोलनकारीले सिमरा बजारमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । एउटा मोटरसाइकल पनि आन्दोलनकारीले तोडफोड गरेका छन् । आमड्तालका कारण आइतबार पनि बिहानैबाट सिमरा क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन् । बजार र शिक्षण संस्थासमेत बन्द छन् । सिमरा बजार अहिले आन्दोलनकारीको कब्जामा छ । आन्दोलनकारीले आम हड्ताल आहृवान गरेपछि तीन दिनदेखि यस क्षेत्रको जनजीवन प्रभावित हुँदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...