नेभिगेशन
अन्य

बसन्तपुरमा दुई किशोरीमाथि एसिड खन्याइयो

काठमाडौं । एसएलसीको तयारीका लागि ट्युसन पढ्न जाँदै गरेका दुई किशोरीमाथि राजधानीको बसन्तपुरमा आज विहान अज्ञात समूहले एसिड खन्याइदिएको छ । बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा उनिहरुलाई एसिड खन्याइएको हो । रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर र रौतहटकी १५ वर्षकी सीमा बस्नेतमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । विहान करिव सवा ६ बजे ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा मास्क लगाएर आएको समूहले एसिड प्रहार गरेर भागेको प्रहरीको भनाई छ । पीडितहरुले बताए अनुसार मास्क लगाएर आएको ३÷४ जनाको समूहले एसिड छ्यापेर भागेको थियो । प्रहरीका अनुसार एसिडले संगिताको छाती र खुट्टामा गम्भीर चोट लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । सीमाको भने अनुहारमा नै एसिड परेको छ । उनलाई केएमसी अस्पताल सिनामंगल रिफर गरिएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै