नेभिगेशन
अन्य

एमाओवादी अध्यक्ष दाहालको सुरक्षामा सरकार सजक छ : गृहमन्त्रालय

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि भौतिक आक्रमण हुने सक्ने आशंका सहितको अभिव्यक्ति दिएकोमा गृहमन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । गृहमन्त्रालयले एक विज्ञप्ति निकाल्दै पूर्व प्रधानमन्त्री एवं व्यवस्थापिका संसदमा विपक्षी दलका नेताको सुरक्षा संवेदनशीलता प्रति सरकार पूर्ण सजक रहेको जनाएको छ । दाहाललाई अहिले पनि उच्चस्तरको सुरक्षा व्यवस्था गरिएको भन्दै मन्त्रालयले उनको सुरक्षाको बारेमा विश्वस्त हुन सबैमा अनुरोध पनि गरेको छ । नेपाल सरकारले उनको सुरक्षाका लागि सुरक्षा खतराको थप विष्लेषण गरेर आवश्यक सबै स्तरको सुरक्षा दिन तयार रहेको जनाएको छ । दाहालले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा आफूलाई सुरक्षा खतरा रहेको बताएका थिए । गृहमन्त्रालयका सहसचिव कृष्णप्रसाद देवाकोटाद्धारा जारी गरिएको बिज्ञप्तीमा आफुमाथि असुरक्षा बढेको कुनै सुचना भए सरकारलाई जानकारी गराई सहयोग गर्न समेत दाहालसंग आग्रह गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै