नेभिगेशन
अन्य

काठमाडौमा सडक विस्तारको काम सकिन चार वर्ष

काठमाडौ । राजधानीको ट्राफिक ब्यवस्थापनका लागि सुुरु गरिएको सडक विस्तार कार्य अहिले तीन वर्षअघि सुरु गरिएको सडक विस्तारको काम ५० प्रतिशत मात्र पूरा भएको छ । सडक विस्तारको मुख्य जिम्मा पाएको उपत्यका विकास प्राधिकरणले विविध कारणले काम तीब्र हुन नसकेकोको स्वीकार गरेको छ । उपत्यका विकास प्राधिकरणका अनुसार हालसम्म दुई सय किलोमिटर सडक विस्तार गरिएको छ । जसमध्ये काठमाडौमा १६७ किमि, ललितपुरमा ३० किमि र भक्तपुरमा तीन किमि सडक विस्तार गरिएको छ । विस्तार गरिएको सडकमध्ये १२० किमि कालोपत्रे गरिसकिएको छ । सडक विस्तारको काम सवै पक्ष तथा निकायसँग जोडिएकाले पनि त्यति सरल नहुने प्राधिकरणका नायव विकास आयुक्त भाइकाजी तिवारीको भनाइ छ । प्राधिकरणका अनुसार, सूचना गरिसकेपछि घरधनीले घर भत्काउन ढिलाई गरिदिन्छन् । सडक विस्तारको सुरुका दिनमा स्थानीयहरु अवरोधमै उत्रिएका थिए । विरोध पनि गरे । तर अहिले भने अदालत जाने र अदालतको आदेश लिएर घर भत्काउन ढिलाई गरिदिनेको संख्या बढेको बताइन्छ । ‘तत्काल घर नभत्काउन अदालतको आदेश लिएर बस्ने तथा मुद्दा तन्काएर विस्तारको काममा ढिलाई गरिदिने प्रवृत्ति बढ्दै गएको छ । त्यसले पनि काम तीब्र हुन नसकेको डा। तिवारी बताउँछन् । उपत्यकाको सड विस्तार पाँच सय किमि विस्तार गरिने लक्ष्य छ । दुई सय किलोमिटर विस्तार गरिसकिएकोले अझै तीन सय किलोमिटर विस्तार गर्न बाँकी छ । जसमा ५० किमि सडक विस्तार गर्न रेखांकन गरिसकिएको र ५० किमि सडकमा चिन्ह लगाउने काम भइरहेको प्राधिकरणले जनाएको छ । तीन वर्षमा दुई सय किलोमिटर सडक विस्तार गरिएको छ भने पाँच सय किलोमिटर सम्पन्न गर्न कम्तिमा अझै साढे तीन वर्ष लाग्ने अनुमान गरिएको छ । समाचार गोरखापत्रमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै