नेभिगेशन
अन्य

महायज्ञमा नेताका सात हेलिकोप्टर

बागलुङ । बागलुङ नगरपालिका ८ पञ्चकोट धाममा स्वामी कमलनयनचार्यको अगुवाइमा भएको महायज्ञमा शनिबार प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरुको ओइरो लाग्यो । प्रधानमन्त्री सुशील कोइरालासहितका नेता सातवटा हेलिकोप्टर चार्टर गरी पञ्चकोट धाम पुगेका हुन् । महायज्ञमा प्रधानमन्त्री कोइरालासहित उपप्रधानमन्त्री वामदेव गौतम, एमाले अध्यक्ष केपी ओली, भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधि, सिँचाइमन्त्री एनपी साउद, पूर्वमन्त्री डा। प्रकाशशरण महत, कृषिमन्त्री हरिप्रसाद पराजुली, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गोविन्द पोखरेल, भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय, एमाओवादी प्रवक्ता दीनानाथ शर्मा तथा कांग्रेस नेतृ सुजाता कोइराला पुगेको नयाँ पत्रिकामा खबर छ । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले सबैको पहिचानलाई समेट्दै नयाँ संविधान बनाउने बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै