नेभिगेशन
अन्य

आन्दोलनको तयारी गर्दै एमाओवादी मोर्चाको प्रदर्शन

काठमाडौं । सहमतिमा संविधान जारी गर्नुपर्ने माग गर्दै एमाओवादी नेतृत्वमा रहेको तीस दलीय मोर्चाले आज राजधानीमा कालोपट्टि बाँधेर प्रदर्शन गरेको छ । रत्नपार्कमा गरिएको प्रदर्शनमा प्रमुख दलकाबीचमा भएको १२ बुँदे सम्झौता, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउनुपर्ने माग गरिएको थियो । सहमतिका आधारमा संविधान लेखन प्रक्रिया अगाडि बढाउनुपर्नेमा सत्तारुढ दलले बहुमतीय प्रक्रिया अगाडि बढाएको भन्दै प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ । प्रदर्शनमा एमाओवादी, मधेस केन्द्रित दलहरु, पद्यमरत्न तुलाधर नेतृत्वको पहिचानमा आधारित आदिवासी जनजाति केन्द्रीय परिचालन समितिलगायतका सङ्घ संस्थाको सहभागिता रहेको एमाओवादीका पोलिटब्युरो सदस्य झक्कुप्रसाद सुवेदीले जानकारी दिए। सहमतिका आधारमा संविधान जारी गर्ने वातावरण बनाउनका लागि पहिलो चरणको आन्दोलनअन्तर्गत आज मुलुकभर नै मोर्चाले प्रदर्शन गरेको नेता सुवेदीले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्