नेभिगेशन
अन्य

राजतन्त्र फर्काउन खोजेको अध्यक्ष दाहालको आरोप

नुवाकोट । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर मुलुकमा फेरि राजतन्त्र फर्काउन खोजेको आरोप लगाएका छन् । नुवाकोटको ओखरपौवा–७ कागतीगाउँको भवानी माविमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष दाहालले काँग्रेस र एमालेले राजतन्त्र फर्काएर देशलाई पुरानै अवस्थामा फर्काउन खोजेको धारणा राखे । केही दिनअघि पूर्व राजा ज्ञानेन्द्रले दलहरुले आफूसँग भएको सहमति कार्यान्वयन नगरेको बताएको प्रति लक्षित गर्दै अध्यक्ष दाहालले भने ‘ठूला हँु भन्ने दलहरु बेवी किङ बनाउन लागि परेका छन् । उनीहरु परिवर्तनलाई संस्थागत गर्न चाहँदैनन् ।’ अध्यक्ष दाहालले प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा तरबार राखेर भोटेताल्चा लगाएकाले आफूहरु संविधानसभामा जना नसकेको उल्लेख गरे । उनले संविधानसभाबाट बाहिरिएका १९ दलको साथ लिएर समानान्तर संविधानसभा गठन गर्ने र सरकार समेत समानान्तर स्थापना गरी चलाउने चेतावनी दिए । उनले पार्टी क्रियात्मक, निर्णयात्मक र शक्ति प्रदर्शन गरी तीन चरणमा आन्दोलन सञ्चालन गर्ने र यसमा जनताको उल्लेख्य साथ रहने विश्वास व्यक्त गरे । कार्यक्रममा एमाओवादी नेता वर्षमान पुनले एकीकृत माओवादी सहमतिबाट नै संविधान जारी गर्न लागिपरेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्