नेभिगेशन
अन्य

नेपाली क्रिकेट बचाउन प्रशंसकहरु आन्दोलनमा

काठमाडौं । नेपाली क्रिकेट प्रशंसकहरुले राजधानीमा क्रिकेट बचाउ आन्दोलन सुरु गरेका छन् । नेपाली क्रिकेट बचाउ अभियान समिति बनाएर क्यानविरुद्ध आन्दोलन छेडेका प्रशंसकहरुले शनिबार खुल्लामञ्चमा विरोध र्याली आयोजना गरेका छन् । उनीहरुले वर्तमान क्यान नेतृत्व क्रिकेट विकासमा संवेदनशील नभएको भन्दै आन्दोलन सुरु गरेका हुन् । नेपाली क्रिकेट खेलाडीले आफ्नै मेहनतबाट अहिलेको उपलब्धि हासिल गरे पनि क्यान नेतृत्वको गैह्र जिम्मेवारीपनाले नेपालको हालत केन्या वा बर्मुडाको जस्तै हुनसक्ने भनेर खबरदारीका लागि आन्दोलन सुरु गरेको बताए । अभियान समितिका सचिव सनम पाठकका अनुसार क्यानमा जहिले पनि राजनीतिक भागवण्डाका आधारमा पदाधिकारी नियुक्त गर्ने परिपाटीले नेपाली क्रिकेटको विकासमा अवरोध भएको छ । ‘क्यानको नेतृत्वमा रहेकाहरु क्रिकेटको विकासमा संवेदनशील छैनन्, पाठककले भने, ‘व्यवस्थापनलाई अधिकार दिइएको छैन, खेलाडीका भरमा मात्र अब नेपाली क्रिकेट चल्न सक्ने अवस्था छैन ।’ प्रशंसकहरुले आन्दोलनलाई स्वतः स्फूर्त आन्दोलन भनेका छन् । राजधानीमा शनिबार आयोजित विरोध र्यालीमा देखिएका प्ले कार्डमा विवेकशील नेपाली लेखिएको थियो । प्रशंसकहरुले आन्दोलन गरिरहँदा विधिवत रुपमा दर्ता भएको नेपाली क्रिकेट फ्यान क्लबले आन्दोलनलाई समर्थन गरेको छैन । स्वतः स्पूर्त रुपमा आन्दोलन गर्दा मागलाई सुनुवाई नहुने भएपछि उनीहरु संस्थागत मान्यताका लागि विवेकशील नेपालीका शरण परेका हुन् । पाठकले भने को–कसको संलग्नता भन्दा पनि के कामका लागि अगाडि आइयो भन्ने कुरा हेर्न आग्रह गरे । अभियान समितिका अध्यक्ष रुद्रप्रसाद धमलाले पनि यसलाई विवेकशील नेपालीको अग्रसरता भएको आन्दोलन नबुझिदिन आग्रह गरे । उनीहरुले अहिलेको क्यानको बोर्डलाई विघटन गरेर नयाँ बोर्ड बनाउनु पर्ने, व्यवस्थापनलाई अधिकार दिनुपर्ने, खेलाडीलाई सुविधा थप गर्नुपर्ने, क्रिकेट मैदानको निर्माण तथा व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै