नेभिगेशन
अन्य

धार्मिक स्वतन्त्रता कसैले हरण गर्न सक्दैन : कोइराला

बागलुङ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा धार्मिक स्वतन्त्रता कसैले हरण गर्न नसक्ने बताएका छन् । बागलुङ नगरपालिका–८ पञ्चकोटमा १०८ फिट अग्लो कलशको शिलान्यास गर्दै कोइरालाले आफ्नो धर्मको संरक्षण गर्ने सबैको हकअधिकार रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले धार्मिक स्वतन्त्रता नैसर्गिक अधिकार भएको बताए । प्रधानमन्त्री कोइरालाले आफूहरु संविधान निर्माणको चरणमा रहेकोे बताउँदै संविधानमा सबैको पहिचान र धार्मिक स्वतन्त्रता रक्षा गरिने पनि बताए । यसैबीच, दुई अर्बको लागतमा एसियाकै अग्लो कलश निर्माण गर्न आयोजित महायज्ञमा सहभागी हुन बागलुङ आइपुग्नुभएका नेकपा—एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ हजार आर्थिक सहयोग गरेका छन् । नेपाल विश्वमा नै परिचित मुलुक हो यहाँ विश्वमा नभएको जडीबुटी छ, विश्वमै नभएका हिमशृङ्खला छन् । आ–आफ्नै धार्मिक आस्था छन्, त्यसैले यस देशमा जन्मने हामी नेपाली त्यसै भाग्यमानी ठान्नुपर्ने बताउँदै ओलीले स्वामी कमलनयन आचार्यको प्रतिभाको खुलेर प्रशंसा गरे । अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्यको अगुवाइमा सुरु भएको महायज्ञमा प्रधानमन्त्री कोइरालासहित एमाले अध्यक्ष ओली, गृह तथा उपप्रधानमन्त्री वामदेव गौतम, भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि, सिँचाइ मन्त्री नारायण प्रकाश साउदलगायतका नेता सहभागि थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्