नेभिगेशन
अन्य

प्रधानमन्त्रीको वार्ता आह्वान सकारात्मक भएपनि वातावरण बन्न नसकेको मोर्चाको ठहर

काठमाडौँ । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि शुक्रबार गरेको सार्वजनिक आह्वानलाई सकारात्मक रुपमा लिँदै सार्थक संवादको सुरु गर्न सत्तारुढ दलसँग आग्रह गरेको छ । एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चाको बैठकले प्रधानमन्त्री कोइरालाको आह्वान सकारात्मक भए पनि सार्थक वार्ताको पहल सुरु गर्न वातावरण नबनेकामा आपत्ति प्रकट गरेको छ । सार्थक वार्ताका लागि सत्तारुढ दलका तर्फबाट जुन प्रकारको चासो र तत्परता हुनुपर्ने थियो, त्यसो हुन नसकेको निष्कर्ष निकाल्दै बैठकले आफूहरु संवादका माध्यमबाटै प्रक्रिया अगाडि बढोस् भन्ने पक्षमा रहेको पुनः दोहोर्याएको छ । वार्ता र संवादका माध्यमबाटै विगतका सहमति र सम्झौताका आधारमा संविधान लेखन प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन आफूहरु तयार रहेको भए पनि माघ ११ गतेको बहुमतीय प्रक्रिया र त्यसले मुलुकलाई दुई ध्रुवमा विभक्त गरेको तथ्यलाई नेपाली काँग्रेस र नेकपा एमालेले बुझ्न नसकेको बैठकले ठहर गरेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए । बैठकले औपचारिक तथा अनौपचारिक रुपमा कुनै न कुनै माध्यमबाट वार्ताको प्रक्रिया सुरु गर्न र संविधानका विवादित विषयमा सहमति खोज्न आग्रहसमेत गरेको छ । प्रधानमन्त्रीको तर्फबाट वार्ताका लागि दुईपटक आह्वान हुनुलाई सकारात्मक रुपमा लिएको छ, यही सकारात्मक वातावरणलाई थप परिणाममुखी र सार्थक बनाउन सबै पक्ष तत्पर र जागरुक हुनुपर्नेमा जोड दिइएको प्रवक्ता सिंहको भनाइ छ । मोर्चामा आबद्ध दलहरु संवादका लागि तयार रहँदासमेत काँग्रेस र एमालेको तर्फबाट त्यसखालको तत्परता नदेखाउनुले उनीहरु विगतको सहमतिलाई कार्यान्वयन गर्ने पक्षमा छैनन् भन्ने देखिएको निष्कर्ष निकाल्दै बैठकले आन्दोलनका कार्यक्रमलाई थप परिणाममुखी बनाउने बताएको छ । बैठकमा हालसम्मको आन्दोलनको तयारीका बारेमा विचार विमर्श भएको जानकारी दिँदै प्रवक्ता सिंहले गाउँ तहसम्म नेता तथा कार्यकर्तालाई परिचालन गर्न प्रयत्न गर्ने जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै