नेभिगेशन
अन्य

नेपाल टिभीको महाप्रबन्धकलाई कार्वाहीको सिफारिस

काठमाडौ । टेलिभिजनको सञ्चालक समिति बोर्डले महाप्रबन्धक लक्ष्मण हुमागाईलाई कार्वाहीको सिफारिस गरेको छ । बोर्डको शनिबार मध्यराति सम्पन्न बैठकले हुमागाई सहित २ जना अधिकारीलाई निलम्बन गरेर कार्वाही थाल्न सञ्चार मन्त्रालयलाई सिफारिस गरेको हो । फर्जी ब्यांक ग्यारेन्टी राखेको एक विज्ञापन एजेन्जीसँगको मिलोमतोमा कारोवार गरेको आरोपमा बोर्डले महाप्रबन्धक सहित ४ जना कर्मचारी उपर कार्वाही थालेको छ । आर्थिक प्रशासन शाखाका २ जना कर्मचारीलाई बोर्ड आफैले निलम्बन गरेर कार्वाही गरेको छ । हुमागाई प्रतिस्पर्धाबाट ४ वर्षका लागि महाप्रबन्धकमा नियुक्त भएका हुन् । उनको अवधि अझै बाँकी छ । करीब ६ करोड रुपैयाँको फर्जी ब्यांक ग्यारेन्टी देखाएको वल्र्ड भिजन एडभर्टाइजिङ एजेन्सीसँग टेलिभिजनले कारोवार गरेको खुलेको छ । एजेन्सीका सञ्चालक दिनेश श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै