नेभिगेशन
अन्य

राजनीतिक गतिरोध कायम नै , सत्तापक्ष र विपक्षी नाडी छाम्दै

काठमाडौ । सत्तापक्ष र विपक्षी यतिबेला एकअर्काको नाडी छाम्ने मेलोमा छन् । विपक्षीले फागुन १६ मा राजधानी केन्द्रित शक्ति प्रदर्शन गर्न लागेकाले अनौपचारिक वार्ता अघि बढ्न सकेको छैन । अनौपचारिक रूपमा भने दलहरू सहमति नजिक पुगेर पनि पछि हटेको माघ ५ को विन्दुु बाट छलफल सुरु भएको छ । सबैभन्दा बढी विवादित संघीयताका विभिन्न विकल्पमा छलफल अघि बढेको छ । संघीय प्रदेशमा सहमति गरेर जाने, त्यस्ता प्रदेश ६ वा ७ हुने, संघीय प्रदेशको नाम र सीमांकन सम्बन्धित प्रदेशलाई दिने, झापा, मोरङ र सुनसरी एवं सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्ला मिलाउन आयोग बनाउने वा पहाडसँग जोड्ने, बढी विवाद भए केन्द्रद्वारा शासित हुनेलगायत विकल्पमा छलफल थालिएको हो । शासकीय स्वरूप, निर्वाचन र न्यायप्रणालीमा दलहरूबीच यसअघि नै सैद्धान्तिक सहमति बनेको छ । दाहालले दबाबबिना सहमति हुन मुस्किल रहेको बताए । उनी राजधानीमा ठूलो शक्ति प्रदर्शन गरी कांग्रेस, एमालेमाथि दबाब सिर्जना गर्ने सुरमा छन् । प्रधानमन्त्री सुशील कोइरालासँगको अनौपचारिक कुराकानीपछि उनी केही आश्वस्त पनि देखिएका छन् । सत्ता पक्षले भने विपक्षीहरूको फागुन १६ को शक्ति प्रदर्शन सशक्त नहुने ठानेको छ । त्यसपछि विपक्षीहरू आफ्नो हैसियत बुझेर वार्तामा र्फकने उसको बुझाइ छ । एमाओवादीका नेताहरू फागुन १६ गतेतर्फ केन्द्रित छन्, त्यसैले सहमति बनिहाल्ने अवस्था देखिइसकेको छैन । नागरिक समाजका प्रतिनिधिहरूले गत साता सबै दलका शीर्ष नेताहरूलाई भेटी कम्तीमा संवादमा आउन आग्रह गरेका थिए । उनीहरूलाई एमाओवादी अध्यक्ष दाहालले संविधानसभा बैठकको मिति नतोकिए संवादमा बस्न तयार रहेको जवाफ दिएका थिए । उनीहरूकै अगाडि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसँग टेलिफोन कुराकानी गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै