नेभिगेशन
अन्य

परीक्षा दिन गएका विद्यार्थी तोडफोडमा उत्रिएपछि

काठमाडौं । स्नातकोत्तर दोस्रो वर्षको परीक्षार्थीले समयमा जाँच सुरु नभएको भन्दै बागबजारस्थित पद्मकन्या क्पाम्पसमा तोडफोड गरेका छन् । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय क्याम्पसमा वाषिर्क परीक्षा प्रणालीअन्तर्गतका परीक्षार्थीले ५० पूर्णांकको अंग्रेजी विषयको प्रश्नपत्र ढिलो पाएको भन्दै तोडफोड गरेका हुन् । त्रिविको नियमानुसार यो वर्षबाट सय पूर्णांकको शोधपत्र थेसिसमा ५० अंकको परीक्षा दिने व्यवस्था भएको छ । यसअघि सय अंककै हुन्थ्यो । नयाँ व्यवस्थाअनुसार विद्यार्थी र कर्मचारी दुवैको गलत बुझाइका कारण घटना भएको हो । ५० पूर्णांकको अंग्रेजी विषयको थेसिसको परीक्षा बिहान ११ बजेबाट सुरु हुनुपर्नेमा पद्मकन्या क्याम्पस परीक्षा केन्द्रका परीक्षार्थी करिब एक घन्टासम्म पनि सुरु नभएपछि नाराबाजी र तोडफोडमा उत्रेका थिए । परीक्षा अवधि २ घन्टाको थियो । परीक्षा नियन्त्रक केशव बाँस्कोटाका अनुसार विद्यार्थीले परीक्षा फारममा थेसिस राइटिङ उल्लेख गर्नुपर्नेमा थेसिसमात्र लेख्दा समस्या आएको हो । ‘परीक्षा फारममा थेसिस राइटिङ उल्लेख गर्नेहरूको मात्र प्रश्नपत्र पठाउने काम भयो,’ समस्या आएलगत्तै थप प्रश्नपत्र पठाएको उल्लेख गर्दै उनले भने, ‘समस्या आएलगत्तै फारम पछि सच्याउने गरी आधा घन्टाभित्र प्रश्नपत्र पठाइयो तर विद्यार्थी तोडफोडमा उत्रेर परीक्षा हुन दिएनन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्