नेभिगेशन
अन्य

बिरोधले संविधान रोकिदैन : उपाध्यक्ष भण्डारी

धनकुटा । नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले एकीकृत नेकपा माओवादीलगायत दलको बिरोध र आन्दोलनले संविधान निर्माण प्रक्रिया नरोकिने दावी गरेकी छन् । एमाले धनकुटाको छैठौँ जिल्ला कमिटिको प्रतिनिधि परिषद् वैठकको उद्घाटन कार्यक्रममा उपाध्यक्ष भण्डारीले कुनैपनि हालतमा संविधान जारी भएरै छाड्ने दृढता व्यक्त गरिन् । एमाओबादीको स्वार्थका आधारमा संविधान निर्माण प्रकृयालाई रोक्न नमिल्ने भन्दै उनले जनभावना अनरुपको संविधान निर्माण हुने बताइन् । काँग्रेस, एमालेले सहमतिका लागि गरेको प्रयासलाई कमजोरी ठानेर घुर्काइरहेको भन्दै उनले एमाओवादीसहितको मोर्चाका लागि अब सहमतिमा आउनुको बिकल्प नरहेको जिकिर गरिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...