नेभिगेशन
अन्य

एमाओवादी मोर्चालाई वार्तामा आउन प्रधानमन्त्रीद्धारा पुनः आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय एकता, सहमति, सहकार्य र मेलमिलापको भावनाप्रति प्रतिबद्ध भएर वार्तामा एमाओवादी नेतृत्वको मोर्चालाइ पुनः आग्रह गरेका छन् । वर्तमान सरकारको एकवर्षे कार्यकाल पूरा भएको अवसरमा शुक्रवार दिएको सन्देशमा उनले एमाओवादी नेतृत्वको मोर्चालाई संविधानका सहमति हुन बाँकी विषयमा सहमति खोज्न वातर्तामा आउन अनुरोध गरेका हुन् । ‘नेपालको अन्तरिम संविधानको मर्म र भावनाअनुरुप संविधानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन÷प्रशासनलाई संस्थागत गर्ने मूल उद्देश्यमा केन्द्रित भएर संविधान निर्माणमा देखिएका मतभेद हटाउने निरन्तर प्रयास भइरहेको’ बताउँदै उनले सहमतिका आधारमा संविधान बनाउन आन्दोलनका सबै कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गरेका हुन् । संविधानका सहमति हुन बाँकी विषयमा अन्तरिम संविधानले हामीलाई मार्गदर्शन गर्छ र विगतमा भएका सम्झौतामा अभिव्यक्त उदार लोकतान्त्रिक भावनले प्रेरित गर्छ भन्दै प्रधानमन्त्रीले सहमतिमा संविधान निर्माण गर्ने प्रयास र समझदारीले मूर्तरुप लिएको अवस्थामा अरु प्रक्रियाको सान्दर्भिकता स्वतः हराएर जाने स्पष्ट गरेका छन् । एमाओवादी नेतृत्वको मोर्चाले प्रधानमन्त्रीको पहिलो वक्तब्य अपूर्ण भएको भन्दै वार्तामा बस्न इन्कार गर्दै आएको थियो । सरकारको एक वर्षको अवधिमा शान्ति प्रक्रियामा लामो समयदेखि अवरुद्ध सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग सहमतिका आधारमा गठन भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमनत्रीले सवै पक्षबाट गम्भीर प्रयास गरिँदा सहमतिमा नै महत्वपूर्ण निर्णय गर्न सकिने दृष्टान्त प्रस्तुत भएको बताउँदै सन्देशमा प्रधानमन्त्रीले आगामी दिनमा संविधान लेखनका निम्ति अनुकूल राजनीतिक परिवेश बनाउने कार्यलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको प्रष्ट गरेका छन् । जवाफदेहिता र परादशिृता अवलम्बन गर्दै भ्रष्टाचारमुक्त प्रशासन दिने र विकास निर्माणका काममा ध्यान केन्द्रित गर्ने आफ्नो नेतृत्वको सरकारका प्राथमिकता दर्शाउँदै प्रधानमन्त्री कोइरालाले आगामी दिनमा राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बढाउँदै जनताका चाहनाअनुरुप सरकार क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् । एकवर्ष्भित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्न अनुकूल राजनीतिक वातावरण बनाउन सरकारद्वारा अथक प्रयास भएपनि तोकिएको समयमा संविधान जारी हुन नसकेकामा दुःख प्रकट गर्दै उनले संविधान लेखनलाई गति दिन आगामी दिनमासमेत सम्पूर्णरुपमा लाग्ने दृढता व्यक्त गरेका छन् । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सिंहदरबारस्थित राष्ट्रिय विकास परिषद्को पेक्षालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कोइरालाको उक्त सन्देश वाचन गरेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसी (खड्का), मुख्यसचिव लीलामणि पौड्याल, विभिन्न मन्त्रालयका सचिव, उच्चपदस्थ सरकारी अधिकारीहरूको उपस्थिति थियो । प्रधानमन्त्री कोइरालाको नेतृत्वमा गत वर्ष माघ २७ गते वर्तमान सरकार गठन भएको भएपनि सोही वर्षको फागुन ८ गतेमात्र मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै