नेभिगेशन
अन्य

मेरो ज्यान लिने षड्यन्त्र भइरहेको छ : दाहाल

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई मार्ने षड्यन्त्र भैरहेको बताएका छन् । आज काठमाडौंमा नेपाल राष्ट्रिय प्राध्यापक संघ र नेपाल इन्जिनियरिङ संगठनले आयोजना गरेको अन्र्तक्रियामा बोल्दै अध्यक्ष दाहालले आफूलाई ज्यानको खतरा रहेको बताए । उनले प्रतिगामी कित्ताबाट मार्ने तानाबाना बुनिएको खबर आफूले पाएको भन्दै आफूलाई खतरा बढेको बताए । दाहालले भने, ‘ममाथि ज्यानकै खतरा छ । प्रतिगामी क्वार्टरबाट मलाई सिध्याउने तानाबाना बुनिएको जानकारी आज विहान मात्र पाएको छु ।’ राम्रो काम गर्न खोज्दा बीपी कोइरालालाई जेल हाल्नेदेखि निर्वासनमा पठाउने गरेको भन्दै उनले मदन भण्डारीले पनि राम्रो गर्न खोज्दा दुर्घटनामा मारिएको बताए । एमाओवादी अध्यक्ष प्रचण्डले बहुमतको तरवार म्यानमा नराखेसम्म संविधानसभामा नर्फकने बताए । उनले भने, ‘कांग्रेस–एमालेले बहुमतको तरवार निकालेर हानी हाले । हामी मर्ने डरले भाग्यौं । हामीलाई फर्काउने हो भने तरबार म्यानभित्र राख्नुस् ।’आफूहरु अहिले कमजोर भएको स्वीकार गर्दै उनले जनताबाट शक्ति लिएर संविधानसभामा जाने बताए । उनले आफूहरु अझैं पनि सहमतिबाटै संविधान जारी गर्ने अधिकतम प्रयासमा रहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै