नेभिगेशन
अन्य

विश्व शान्ति र फैलाउने आफ्नो लक्ष्य : प्रधानमन्त्री कोइराला

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले एसियामार्फत विश्वमा शान्ति र एकता फैलाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । उनले मुलुकमा भएको सशस्त्र द्वन्द्वको अन्त्य गर्दै आफूहरुले सहज रुपमा शान्ति स्थापना गर्न सफलता पाएको सन्देश विश्वसामु देखाएको बताउँदै अब विश्व शान्तिका लागि सक्रिय हुने बताए । विश्व शान्ति महासंघ नेपालले ललितपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनमा प्रधानमन्त्री कोइरालाले आफूहरु राष्ट्रिय एकता र विश्व प्रचलित प्रजातान्त्रिक मूल्य मान्यताअनुरुप अधिकतम् लचक भएर समावेशी प्रजातन्त्रलाई संस्थागत गर्न अग्रसर रहेको अवगत गराए । गौतम बुद्ध र महात्मा गान्धिले देखाएको शान्ति र अहिंसाको बाटोबाटै शान्ति, स्थायित्व र विकासको लक्ष्य प्राप्त गर्ने समावेशी प्रजातन्त्र प्राप्त गर्न सकिनेमा जोड दिँदै प्रधानमन्त्री कोइरालाले प्रजातन्त्र नै जीवनको बाटो भएको बताए । जातीय, भाषिक र धार्मिक विविधतामा अनुपम एकता नै नेपालको राष्ट्रिय शक्ति भएको प्रधानमन्त्री कोइरालाको भनाई थियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले विभिन्न आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न संविधान बन्नु अपरिहार्य रहेकोमा जोड दिँदै नेपाली जनता शान्तिको खोजीमा रहेको बताए । नेता नेपालले प्रजातन्त्रको लडाइँमा मुलुकको लामो इतिहास रहेको अवगत गराउँदै सहमति र छलफलका लागि दलबीच संवाद नै वर्तमान आवश्यकता भएको बताए । कार्यक्रममा मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी प्रजातन्त्रले मात्रै सबै जनताका सबै मानवाधिकारको प्रत्याभूति गर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै