नेभिगेशन
अन्य

सामुहिक बलात्कारमा संलग्न छ जनामाथि मुद्दा

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वासमा ६ दिनअघि एक युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले छ जनामाथि मुद्दा दायर गरेको छ । पुनर्वास नगरपालिका–५ उध्रीमा स्थानीय भजौरा रानाको घरमा विवाहमा आएको बाजा बजाउने टोलीका छजनामाथि मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा मुख्य दोषी देखिएका गोविन्द रानासहित छजनालाई मुद्दा दायरपश्चात् थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले घटनाको थप अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण पछि सार्वजनिक गरिने बताए । विवाहमा स्थानीय २० वर्षीया राना समुदायकी युवतीलाई उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका पनि सबै राना थारू समुदायकै हुन् । पीडित महिलाले आफूलाई एकजनाले जबर्जस्ती उखुबारीमा लगेर बलात्कार गरेको प्रारम्भिक बयान दिएकी थिइन् । तर प्रहरीले बाजा बजाउने टोलीका तीन सदस्यबाहेक अन्य कुनै न कुनै रुपमा दोषी देखिएकाले मुद्दा दायर गरिएको जनाएको छ । महिलाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...