नेभिगेशन
अन्य

हिन्दुराज्यका लागि चैतदेखि आन्दोलन : खुमबहादुर

दाङ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले मुलुकलाई हिन्दु राष्ट्र बनाउनका लागि आफैले नेतृत्व गरेर चैतदेखि देशब्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । तर, हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै हुने आन्दोलनमा कांग्रेसको झण्डा भने नहुने प्रष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको कार्यक्रममा खड्काले आन्दोलनमा हिन्दु राष्ट्र कायम गर्नु पर्छ भन्ने सवै पार्टी र नेतासँग सहकार्य हुने बताए । आन्दोलनमा नेपालको राष्ट्रिय झण्डा बोक्ने भन्दै उनले भने–‘त्यो कुनै पार्टी विषेशको आन्दोलन नभई हिन्दु राज्य चाहने सवै नेपालीको आन्दोलन हुनेछ ।’ हिन्दु राज्यका लागि संविधानसभाबाट सम्भव नभए जनमत संग्रहमा जान सकिने उनले बताए । खड्काले हिन्दु राज्य घोषणाका लागि कांग्रेस सहमत नभए कांग्रेस पनि संकटमा पर्ने चेतावनी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै