नेभिगेशन
अन्य

स्वीस बैंकमा प्रहरीको छापा

काठमाडौ । स्वीस प्रहरी अधिकारीले मुद्रा अपचलन गरेको आरोप लागेका जेनेभास्थित एचएसबीसी बैंकमा छापा मारेका छन् । उनीहरुले उक्त बैंक र मुद्रा अपचलनमा आशंकित अज्ञात ब्यक्तिहरुका बारेमा छानबिन गरिरहेका छन् । उक्त अनुसन्धान सम्पत्ति अपचलनमा सम्लग्न वा सहभागी भएका आंशकित ब्यक्तिहरुसम्म विस्तार हुन सक्ने जनाइएको छ । एचएसबीसीले स्वीस अधिकारीहरुलाई सहयोग गरिरहेको बताइएको छ । उक्त बैंकमाथि आफ्ना धनी ग्राहकहरुलाई कर छल्न सहयोग गरिरहेको आरोप सार्वजनिक भएको एकहप्तापछि छापा मारिएको हो ।नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्