नेभिगेशन
अन्य

सभासद् खड्काको निधन गम्भीर प्रकृतिको : प्रतिवेदन

काठमाडौं । नेपाली काँग्रेसबाट निर्वाचित बाग्लुङ क्षेत्र नं १ का सभासद् हरिबहादुर खड्काको निधन गम्भीर प्रकृतिको भएको छानबिन समितिले ठहर गरेको छ । पार्टी सभापति सुशील कोइरालालाई आज प्रतिवेदन बुझाउँदै छानबिन समितिका संयोजक दिलेन्द्रप्रसाद बडूले घटना दुर्गम ठाँउमा भएको र सडकबाट केही तल गाडी खसेकोले तत्काल सहयोग गर्ने वातावरण नभएका कारण गम्भीर प्रकृतिको बन्दै गएको जानकारी दिएको छ । तीन सदस्यीय सो समितिमा कमल पङ्गेनी र रोमी गौचन थकाली सदस्य थिए। संयोजक बडूले भने— ‘हामीले स्थलगत अध्ययन गर्यौँ, दुर्घटनास्थल एकदम दुर्गम ठाउँमा भएकाले अन्यत्रबाट मानिस आउने अवस्था थिएन ।’ उनले वैकल्पिक व्यवस्था नहुँदा घाइतेलाई पोखरा विमानस्थलमा एक घन्टा ४० मिनेट पर्खन परेकाले काठमाडौँ ल्याउनसमेत ढिलाइ भएको बताए । सभास्द खड्का गत मङ्सिर २२ गते श्रीमद्भागवत महायज्ञमा सहभागी हुन बाग्लुङ सदरमुकाम जाँदै गर्दा घटना भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्