नेभिगेशन
अन्य

इलाका प्रहरी कार्यालय रानीबाट फरार अभियुक्त पक्राउ

मोरङ । विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट गएराति फरार भएका पाँचजना थुनुवालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । कार्यालय परिसरबाट फरार भएपछि उनीलाई दसगजा क्षेत्रबाट र भारतको जोगवनी रेल्वे स्टेसनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ती थुनुवाहरु खाना खाएपछि थाली धुने क्रममा सेन्ट्रीलाई धकेलेर फरार भएका थिए । पक्राउ परेकामध्ये चारजना लागुऔषध र एकजना सार्वजनिक मुद्दामा पक्राउ परेका थिए । अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय मोरङको रानीमा राखिएका चार जना अभियुक्त भागेका थिए । इलाका प्रहरी कार्यालय रानीबाट धरान १० का विनोद बुढाथोकी, सन्तोष सुन्दास, धरान १३ का बालकुमार राई, मोरङ लेटाङ ६ का श्याम लिम्बु, तथा मोरङ बुद्धनगरका कलाधन ऋषिदेव फरार भएका थिए । अभियुक्तहरु फरार भएपछि प्रहरीले गरेको सर्च कारबाहीका क्रममा विनोद, सन्तोष, बालकुमार, श्याम लागू औषध कारोबारमा संलग्न कलाधन ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...