नेभिगेशन
अन्य

अख्तियारद्धारा गणेश थापालाई सफाई !

काठमाडौं । भ्रष्टाचारको आरोप लागेका गणेश थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको छ। अख्तियारको सफाइसँगै संविधानसभाका सदस्यसमेत रहेका थापाविरूद्धको उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेको हो। फुटबलका लागि विश्वको सर्वोच्च संस्था फिफा र अन्य निकायबाट प्राप्त सहयोगबाट ५८ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप लागेका थापालाई अख्तियारले सफाइ दिएको हो। पछिल्ला वर्षहरुमा एन्फामा भएको आर्थिक हिनामिनासम्बन्धी आरोप झेलिरहेका एसियाली फुटबल महासंघ एएफसीका उपाध्यक्षसमेत रहेका थापालाई अख्तियारको यस निर्णयले राहत मिलेको छ। थापासहित एन्फा कोषाध्यक्ष विराटजंग शाहीलाई पनि अख्तियारले सफाइ दिएको छ। अख्तियारले थापालाई सफाइ दिएकोबारे निर्देशनसहित पत्राचारसमेत गरेको छ। एन्फाका कार्यसमितिका असन्तुष्ट पदाधिकारीले अध्यक्ष गणेश थापाविरुद्ध आर्थिक अनियमितताको आरोप लगाउँदै अख्तियारलगायत सरोकारवाला विभिन्न निकायमा मुद्दा दायर गरेका थिए। यही आरोपमा विश्व फुटबलको सर्बाच्च निकाय फिफाको अनुशासन समितिले पनि अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...