नेभिगेशन
अन्य

भारतले भन्यो– ‘रेणुदेवीको भनाइ व्यक्तिगत मात्रै हो’

काठमाडौं । भारतीय जनता पार्टीकी उपाध्यक्ष रेणुदेवीले नेपाललाई हिन्दू राज्य कायम गर्नुपर्ने र जातीय आधारमा राज्य पुनसंरचना गरे नेपाल टुक्रा टुक्रा हुने भनी दिएको अभिव्यक्ति भारत सरकारको आधिकारिक धारणासँग सम्बन्धित नरहेको भारतीय दूतावासले प्रष्ट पारेको छ । रेणुदेवीले मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा जातीय संघीयताले नेपाल टुक्रिने अभिव्यक्ति दिएकी थिइन् । काठमाडौंस्थित भारतीय दूतावासले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै रेणुदेवीले हालै भएको नेपाल भ्रमणको अवसरमा दिएको वक्तव्य भनी प्रकाशित प्रचारित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘यस्ता व्यक्तव्यहरुको सत्यता सम्बन्धमा राजदूतावासलाई जानकारी छैन,’ विज्ञप्तिमा भनिएको छ ‘कार्यक्रममा व्यक्त भएका भनी सञ्चार माध्यममा उल्लेख भएका वक्तव्यहरु श्रीमती रेणुदेवीका आफ्ना विचारहरु भएकाले त्यसले भारत सरकारको नीति प्रतिविम्वित गर्दैन ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...