नेभिगेशन
अन्य

पूर्वराजा शाहले भने–सहमतिका आधारमा संविधान बनोस्

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले सहमतिका आधारमा अघि बढ्न सुझाव दिएका छन् । उनले झैझगडा र आपसी कलहमा समय नविताउन आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिंदै उनले छिट्टै पूर्ण संविधान जारी भई मुलुकमा स्थिरता र गतिशिलता कायम होस् भन्दै कामना गरेका छन् । पूर्वराजा शाहले भनेका छन्, ‘राज्य संचालन र विधि व्यवस्थापनका निम्ति चाहिने मुख्य विषय आपसी सुझबुझ, समझदारी र अनुभवयुक्त प्रयत्न हो ।’ उनले निषेद्, विभेद र कचिगंलले मुलुकलाई संकटमा पुर्याउने भन्दै सबैलाई सहमतिको माध्यामबाट संकट हटाउन आग्रह समेत गरेका छन् । पूर्वराजा शाहले भने, ‘निषेध, विभेद, अन्यौल, अलमल र कचिगंल मै समय विताउनू भन्दा राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सहि दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’ उनले विगतमा आफू र राजनीतिक दलहरुबीच भएको सहमति, समझदारीको स्मरण गराउँदै प्रजातन्त्रको मूल्य र मान्यतामा भएको सहमति स्मरण गर्न आग्रह समेत गरेका छन् । उनले भनेका छन्, ‘तत्कालिन राजनीतिक दलहरु र मेरा वीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जती सहमती, समझदारी एवं व्यवस्थापकीय गतिविधी भएका थिए तिनको स्मरण र अनूषरण गदैें त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायीत्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पूनित दिवसकोे सार्थकता रहन्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै