नेभिगेशन
अन्य

इलाका प्रहरी कार्यालय रानीबाट पाँच अभियुक्त फरार

मोरङ । अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय मोरङको रानीमा राखिएका चार जना अभियुक्त भागेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट पाँचजना अभियुक्त फरार भएका छन् धरान १० का विनोद बुढाथोकी, सन्तोष सुन्दास, धरान १३ का बालकुमार राई, मोरङ लेटाङ ६ का श्याम लिम्बु, तथा मोरङ बुद्धनगरका कलाधन ऋषिदेव फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभु ढकालले जानकारी दिए । अभियुक्तहरु फरार भएपछि प्रहरीले गरेको सर्च कारबाहीका क्रममा विनोद, सन्तोष, बालकुमार र श्याम नियमन्त्रणमा आएका छन् भने लागू औषध कारोबारमा संलग्न कलाधन ऋषिदेव भने फरार रहेका छन् । उनको खोजीकार्यलाई तीब्र पारिएको ढकालले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...