नेभिगेशन
अन्य

कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट, १३ औं महाधिवेशन भदौ पहिलो साता प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । आजबाट सुरु हुने केन्द्रीय समितिको बैठकले १३ औं महाधिवेशनको मिति तय गर्ने बताइएको छ । मंगलवार राती बसेको पदाधिकारी बैठकले पार्टीको १३ औं महाधिवेशन भदौ १ देखि ५ सम्म राजधानीमा गर्ने प्रस्ताव गरेको छ । प्रवक्ता दिलेन्द्र बडुका अनुसार वडा, गाउँ र नगरसमितिको अधिवेशन आगामी साउन २ मा हुने प्रस्ताव पदाधिकारीको छ । २ सय ४० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन ९ र जिल्लाको साउन १६ मा हुने प्रस्ताव गरिएको छ । कांग्रेसको १३ औं अधिवेशन ढिलोमा असोज पहिलो साताभित्र गरी सक्नुपर्ने कानुनी बाध्यता छ । यसअघि १२ औं महाधिवेशन असोज १ देखि ५ सम्म राजधानीमा भएको थियो । केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको भए पनि असाधारण स्थिति जनाएर एक वर्षमात्र थप्न पाइने व्यवस्था विधानमा छ । एक वर्षको म्याद कांग्रेसले ६ महिनाअघि थप गरिसकेको छ । थप गरेको म्याद असोज पहिलो साता सकिंदैछ । बडुका अनुसार पदाधिकारी बैठकले फागुन मसान्तभित्र सबै जिल्लाले शुल्क सहित क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाई सक्नुपर्ने निर्देशन मातहतका जिल्लालाई दिने निर्णय गरेको छ । फागुन मसान्तभित्र विवरण दिन नसक्ने जिल्लालाई महाधिवेशनमा भाग नगराइने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै