नेभिगेशन
अन्य

‘सहमतिमा चाँडो संविधान बनोस’

काठमाडौंँ । राष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलबीचको सहमतिमा देशमा चाँडै संविधान जारी होस भन्ने कामना गरेका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनपछि पत्रकारको जिज्ञासामा उनले आफूले दलीय सहमतिमा मुलुकमा शीघ्र संविधान बनेर राष्ट्र प्रगतिको मार्गमा अग्रसर होस् भन्ने प्रार्थना पशुपतिनाथसँग गरेको बताए । दलबीच चाँडो संवाद सुरु हुनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले संविधानसभामा प्रतिनिधित्व गरेका र बाहिर रहेका सबै राजनीतिक दलबीच मेलमिलाप भएमा संविधान निर्माण गर्न कठिन नहुने बताए । धार्मिक सहिष्णुताको पर्वका रुपमा देशभरका शिवालयमा पूजाआराधनाका साथ समेत मनाइने महाशिवरात्रिमा राष्ट्राध्यक्षबाट आराध्यदेव पशुपतिनाथको पूजा गरिने प्राचीन परम्परा छ । दर्शनका लािग राष्ट्रपति डा यादव पशुपतिनाथ मन्दिर परिसर पुग्दा उनलाई महाशिवरात्रि मूल आयोजक समितिका साथै पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...