नेभिगेशन
अन्य

दश लाखले पशुपति दर्शन

काठमाडौं । महाशिवरात्रिको अवसरमा यस वर्ष १० लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार मुख्य मन्दिर दर्शन गर्ने भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । कोषका सदस्य सचिव गोविन्द टण्डनले पशुपतिनाथ दर्शनको लागि भक्तजनहरुको भीड लागेको जानकारी दिए । कोषका अनुसार यो वर्ष भारतीय भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिर दर्शन गरेपछि भारतीय भक्तजनको संख्या बढको कोषको दाबी छ । गत साउनमा भारतीय प्रधानमन्त्री मोदीले पशुपतिनाथको दर्शन गरेका थिए । भारत लगायत मलेसिया, श्रीलंका र मौरिससबाटसमेत पशुपतिनाथको दर्शन भक्तजन आएको टण्डन जानकारी दिए । गत वर्ष शिवरात्रीको दिन १ सय ८० भन्दा बढी मलेसियाली भक्तजनले पशुपतिनाथ दर्शन गरेको उनले बताए । ‘गतवर्ष झै यस वर्ष पनि दर्शनार्थीको संख्या बढ्यो,’ उनले भने, ‘विहानैदेखि चारवटै पंक्तिमा भक्तजन भीड उत्तिकै देखियो ।’ दर्शनका लािग विहान ३ बजेबाट पशुपतिका चारै ढोका खोलिएको थियो । मूल मन्दिर प्रवेशको व्यवस्था चार ठाउँबाट मिलाइएको पशुपति टण्डनले बताए । प्रत्येक वर्ष कोषले आठ लाख, नौ र दस लाख भक्तजनले दर्शन गरेको दाबी गर्दै आएको छ । तर, दर्शनार्थीको संख्या मापन गर्ने भन्ने कुनै वैज्ञानिक प्रविधि कोषसँग छैन् । ‘वैज्ञानिक तरिकाले संख्या मापन गरेको त होइन, भीडले पनि कति भक्तजनले दर्शन गरे भन्ने अनुमान सजिलै गर्न सकिन्छ,’ उनले भने, ‘भक्तजन श्रद्धाले आउँछन् दर्शन गर्छन, उनीहरु संख्या गनेर बस्ने उचित पनि होइन जस्तो लाग्छ ।’ मंगलबार राति अबेरसम्म पनि भक्तजनले पशुपतिनाथको दर्शन गर्ने गरेको उनले बताए । महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामबरण यादव, प्रधानमन्त्री सुशील कोइराला, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि पशुपतिनाथ मन्दिर दर्शन गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै