नेभिगेशन
अन्य

आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह गरी मनाइँदै

काठमाडौँ । नेपालको प्रमुख सुरक्षा अंगको रूपमा रही गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनाले आज मुलुकभर ‘सेना दिवस’ मनाइँदैछ । सेना दिवसको अवसरमा नेपाली सेनाले अपराह्न सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गर्दैछ । सैनिक मुख्यालय जंगी अड्डाद्वारा आयोजना हुने उक्त विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादव प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ । सोही क्रममा सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको नेपाली सेनाले जनाएको छ । जंगी अड्डा मातहत मुलुकका विभित्र भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायतका निकायमा समेत सेना दिवसका कार्यक्रम गरिनेछ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभित्र कालखण्डमा नेपाली सेनाले उदाहरणीय कीर्तिमानी काम गर्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण विगतमा अङ्ग्रेजको दबदबा रहेको अवस्थामा समेत दक्षिण एसियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको थियो । वर्तमान नेपाली सेनाको संगाठनिक स्वरूपको सुरुवात १८१९ सालबाट भएको र अहिले नेपाली सेनाको जनशक्ति करिब ९५ हजार छ । यसैबीच सेना दिवस २०७१ को उपलक्ष्यमा प्रधानसेनापति राणाले दिएको सन्देशमा नेपाली सेनाले सदैव राष्ट्र निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय अखण्डताको पहरेदारी र जनताको सर्वपरि हितका लागि त्याग र बलिदान दिँदै आएको स्मरण गराएका छन् । उनले सन्देशमा भनेका छन– ‘नेपाली सेनालाई आधुनिक समयसापेक्ष र सशक्त सङ्गठनको रुपमा विकास क्रम जारी छ । सेनाको व्यावसायिक दक्षतालाई अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको दसवर्षे दीर्घकालीन योजना मुताबिक यस वर्षसमेत अपेक्षित प्रगति भइरहेको छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै