नेभिगेशन
अन्य

भैरहवामा अपहरणमा परेका ५ वर्षीय बालकको हत्या

बुटवल । रुपन्देहीको बोगडी ४ का पाँच वर्षीय बालक रोहन नाउको अपहरणपछि हत्या भएको छ । विद्यालय जाने क्रममा गत विहीवार विहान उनलाई अपहरण गरिएको थियो । उनको शव सोमबार दिउँसो साढे २ बजे सिलौटिया गाविस ६ लक्ष्मीपुर गाउँमा फेला परेको प्रहरीले जनाएको छ । अपहरणकारीले रोहनको हत्या गरेर बाँसघारी भित्र लुकाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मर्चवारका इन्चार्ज प्रहरी निरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । बालकलाई उनकै फुपुका छोरा सोही स्थानका २२ वर्षीय प्रदेशी नाउँले अपहरण गरेको पीडित परिवारले दाबी गरेका छन् । बलदेव उपनामले चिनिने प्रदेशीले दुईबर्ष अघि २५ हजार रुपैयाँ मागेको र नदिएपछि छोरो अपहरण गर्ने धम्की दिएकोले यो घटनामा पनि उनैको संलग्नता रहेको रोहनकी आमा शोभा ठाकुराले बताइन् । प्रहरीले घटना अनुसन्धानका लागि प्रदेशी नाउँलाई पक्राउ गरेको छ । रोहनका बालकका बाबु रामकिसुन नाउँ बैदेशिक रोजगारीका लागि एक महिना अघिदेखि मलेशियामा छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै