नेभिगेशन
अन्य

‘देशमा शान्ति हुन व्यक्तिको मन शान्त हुनुपर्ने’

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले देशमा शान्ति कायम हुनु पहिले व्यक्तिको मन शान्त हुनुपर्ने बताएका छन् । महाशिवरात्रिको पूर्वसन्ध्यामा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बानेश्वरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष रेग्मीले भने, ‘व्यक्तिको मन शान्त भएपछि परिवार शान्त हुन्छ, परिवार शान्त भएपछि समाज शान्त हुन्छ, समाज शान्त भएपछि राजनीति शान्त हुन्छ अनि देश शान्त हुन्छ र देशपछि विश्व शान्ति कायम हुन्छ ।’ कार्यक्रममा पूर्व क्षेत्रीय प्रशासक टीकाराम शर्मा अर्याल, पूर्व सचिव हरिप्रसाद नेपाल, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी निर्देशक ब्रह्मकुमारी राजदिदी, सनातन धर्म सेवा समितिका अध्यक्ष शिला पन्त र केन्द्रका रामसिंह एैरलगायतले देशमा शान्ति कायम गर्न प्रत्येक व्यक्ति शान्त हुन आवश्यक भएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...