नेभिगेशन
अन्य

शिवलिङ्ग, नागा बाबा र भक्तिसङ्गीतको आकर्षण

शिवलिङ्ग, नागा बाबा र भक्तिसङ्गीतको आकर्षण काठमाडौंँ । शिवरात्रिका अवसरमा पाशुपत क्षेत्र वनकालीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले निर्माण गरेको करिब १० मि अग्लो शिवलिङ्ग भक्तजनको आकर्षण बनेको छ । कपडा र बाँसबाट निर्मित शिवलिङ्गबाट पानी पनि खसालिएको छ । त्यसलाई परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ । सँगै शिव र पार्वतीरुपी साना बालबालिका कैलाशपर्वतमा स्थिर रुपमा ध्यान गरेर बसेका छन् । ‘शिवलिङ्ग नै यस वर्षको शिवरात्रिको विशेषता हो, अझ करिब ३५० नागाबाबा र अर्धसर्वाङ्ग महिला साधु अर्को आकर्षण हो, उच्चस्तरका करिब दश स्वामीहरु पनि आउनुभएको छ ।’ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए । उनका अनुसार यस वर्ष करिब तीन हजार पाँच हजार साधुसन्त आउँदैहुनुहुन्छ । वनारसका पगलानाथ र नागाका रुपमा आइरनबाबा आइसकेका छन् । वनकालीमै कोष र पशुपति सङ्गीत प्रतिष्ठानको आयोजनामा तीनदिने भक्तिसङ्गीतले पाशुपत क्षेत्र नै घन्किरहेको छ । कहीँ साधुसन्तलाई भण्डारा लगाइँदै छ भने कतै स्वास्थ्य शिविर चल्दैछ । रायमाझी कुलदेवता केन्द्रीय समितिले सोमबारदेखि सुरु भएको विशेषज्ञसहितको स्वास्थ्य शिविरमा करिब दुई हजारले सेवा लिइसकेको समितिका प्रकाश रायमाझीले जानकारी दिए । बाह्र ज्योतिर्लिङ्मध्येका महाज्योतिर्लिङ्ग पशुृपतिनाथ मानिसलाई पशुभाव र पाश(बन्धन)बाट मुक्त गराउने कल्याण र त्यागका प्रतिमूर्ति हुन् । ‘पशुपतिनाथ केदारनाथको शिर नै हुन् ’ डा टण्डनले भने । हरिद्वारबाट आएका साधु नन्दीपालले हरेक वर्ष आफ्ना मित्र साधुहरुसँग हरेक वर्ष पशुपतिनाथ आउने गरेको बताए । ‘यहाँ आएपछि आनन्द र सुखको अपूर्व अनुभूति मिल्छ’ उनले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै